काठमाडौँ– आगामी भदौ १४ गतेदेखि प्रदर्शन हुने फिल्म ‘ऐंचो पैंचो’ को टिजर सार्वजनिक गरिएको छ। निर्माण टिमले आज ओएसआर डिजिटल युट्युब च्यानलबाट फिल्मको टिजर सार्वजनिक गरेका हुन्।
सामाजिक विषयवस्तुमा आधारित फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुसाल, वर्षा राउत, विशाल पहारी, कोशिस क्षेत्री, राजाराम पौडेल, बुद्धि तामाङ, रमेश बुढाथोकी, रविन्द्र झा, शारदा गिरीलगायत कलाकारको अभिनय छ।
कृषा चौलागाईंको निर्देशनमा बनेको फिल्म पुरुषोत्त्म प्रधानको छायांकन, विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादनमा बनेको छ।
फिल्मका निर्माता प्रितम लामिछाने र आध्या लामिछाने हुन्।
                            प्रकाशित: २२ असार  २०८० १७:३३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             

