मौद्रिक नीति अर्थतन्त्रका चुनौती सामना गर्नेगरी आउनुपर्छ : विष्णु पौडेल

हिमाल प्रेस ५ साउन २०८० १२:२० | Friday, July 21, 2023
मौद्रिक नीति अर्थतन्त्रका चुनौती सामना गर्नेगरी आउनुपर्छ : विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल

काठमाडौँ- पूर्वअर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा लचिलोपनसहित अर्थतन्त्रका चुनौती सामना गर्नेगरी ल्याउन सुझाव दिएका छन्।

बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले आगामी मौद्रिक नीति कसिलो र लचिलो मौद्रिक नीति आउनुपर्ने बाहिर चर्चा भइरहेको बताए।

उनले कसिलो र लचिलो मौद्रिक नीतिलाई गाई की त्रिशुल भनेको जस्तो छान्न सकिने विषय नभएको बताए। उनले विगतको मौद्रिक नीति सकारात्मक रहेको भन्दै विगतको मौद्रिक नीतिको सापेक्षित निरन्तरता सहित अहिलेको अर्थतन्त्रलाई सामाना गर्नसक्ने मौद्रिक नीति राष्ट्र बैंकले ल्याउनुपर्ने बताए।

उनले आवश्यक मात्रामा लचिलो बनेर मौद्रिक नीति आउनुपर्ने बताए।

प्रकाशित: ५ साउन २०८० १२:२० | Friday, July 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast