माछापुच्छ्रे बैंकको क्यूआरमा भ्वाइस बक्स प्रविधि

हिमाल प्रेस ५ साउन २०८० १९:०३ | Friday, July 21, 2023
माछापुच्छ्रे बैंकको क्यूआरमा भ्वाइस बक्स प्रविधि

काठमाडौँ- माछापुच्छ्रे बैंक लिमिटेडले क्यूआर प्रणालीमा ‘भ्वाइस बक्स’ प्रविधिकाे सुरुवात गरेको छ।

अब माछापुच्छ्रे बैंकका क्यूआर मर्चेन्टहरूले भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी एसएमएससँगै ध्वनीमार्फत आउने छ। यो नयाँ सुविधाबाट हजारौँ साना तथा मझौला क्यूआर मर्चेन्ट प्रत्यक्ष लाभान्वित हुने बैंकले उल्लेख गरेको छ।

सुरुवातमा नेपाल पे क्यूआरका मर्चेन्टमा उपलब्ध यो सेवा छिट्टै अन्य नेटवर्कमा पनि जडान गरिने बैंकले जानकारी गराएको छ।

प्रकाशित: ५ साउन २०८० १९:०३ | Friday, July 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast