काठमाडौँ– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी कार्यालयमा बैठक बस्ने भएको हो।
बिहान ८ बजेबाट बस्ने बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने बताइएको छ। आइतबार साँझ बस्ने भनिएको बैठक नेताहरूको तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो।
पार्टीको विधान अधिवेशनलगायत विषयमा निर्णय गर्नका लागि माओवादीको केन्द्रीय कमिटी बैठक बुधबारबाट सुरु हुँदै छ।
                            प्रकाशित: १५ साउन  २०८० ८:३७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

