माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

हिमाल प्रेस २७ असार २०८० ११:४४ | Wednesday, July 12, 2023
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै फाइल तस्बिर।

काठमाडौँ– नेकापा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठक बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी एवम् पार्टी सल्लाहकार सीता दाहालको निधन भएपछि बैठक बस्न लागेको हो।

पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने बैठकमा नेताहरू आउने क्रम सुरु भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए।

उनको बुधबार बिहान ८ : ३३ बजे नर्भिक अस्पतालमा निधन भएको हो।

मुलुकमा गणतन्त्र ल्याउनका लागि भएको जनयुद्धको समयमा पति प्रचण्डको नेतृत्वलाई सफलतामा पुर्‍याउन आफ्नो जीवन बाजी लगाएर उनले सहयोग पुर्‍याएकी थिइन्।

पार्टी कामका लागि पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी दाहालले देशमा जनयुद्ध सुरुवात भएपछि ०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रूपमा सहभागी भएकी थिइन्।

पार्टी सल्लाहकार दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने र अपराह्न २ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ।

प्रकाशित: २७ असार २०८० ११:४४ | Wednesday, July 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast