मह जोडीको ‘उ गरेर उ गरौँ’

हिमाल प्रेस १० साउन २०८० १६:०३ | Wednesday, July 26, 2023
मह जोडीको ‘उ गरेर उ गरौँ’

काठमाडौँ- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको निर्देशनमा सूचनामूलक लघु फिल्म ‘उ गरेर उ गरौँ’ सार्वजनिक भएको छ।

‘बालेन’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको फिल्म स्थानीय न्याय निरूपणको विषयमा आधारित छ। पारिवारिकदेखि सामाजिक विवादका मुद्दालाई स्थानीय तहमै निरूपण गर्न सकिन्छ भन्ने सन्देश फिल्ममार्फत दिन खोजिएको छ।

साथै स्थानीय तहमा हुने जुनसुकै विवादका लागि वडामा निवेदन दिन सकिने फिल्ममा देखाइएको छ। त्यस्तै कतिपय मुद्दा नगरपालिकाले पनि हेर्ने भएकोले सीधै अदालतमा धाइरहनु नपर्ने जानकारी फिल्मले दिन खोजेको छ।

व्यक्तिवादी भएर दायर भएको मुद्दा, घर बहाल तथा घर बहाल सुविधा, पारिवारिक मुद्दा, फौजदारी विवादजस्ता मुद्दा महानगरले न्यायिक समितिबाट मेलमिलाप गराउने कार्य गर्छ। काठमाडौँ महानगरपालिकाले निर्माण गरेको फिल्ममा कथा, पटकथा र संवाद हरिवंश आचार्यको छ।

फिल्ममा यी दुई कलाकारबाहेक वसुन्धरा भुसाल, प्रदीप बास्तोला, जिगिसा अधिकारी, नरेन्द्र कंसाकार, राजु भुजु, आरके मानन्धर, रवि डंगोल, मञ्ज श्रेष्ठ, सुनीता श्रेष्ठ, राजन चौलागाईं (खैराते), किरण तुलाधरसँगै बालकलाकार अनुभव भण्डारीले पनि अभिनय गरेका छन्। फिल्ममा नारायण जिसीको छायांकन र विनय कंसाकारको सम्पादन रहेको छ।

प्रकाशित: १० साउन २०८० १६:०३ | Wednesday, July 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast