महामन्त्रीद्वयलाई खतिवडाको चेतावनी : तपाईंहरूको विकल्प खोज्न नपरोस्

हिमाल प्रेस ३ साउन २०८० १५:५६ | Wednesday, July 19, 2023
महामन्त्रीद्वयलाई खतिवडाको चेतावनी : तपाईंहरूको विकल्प खोज्न नपरोस्

काठमाडौँ– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीद्वयको विकल्प खोज्न नपरोस् भन्दै चेतावनी दिएकी छन्। बुधबारको पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै खतिवडाले महामन्त्रीहरूलाई चेतावनी दिएकी हुन्।

चुनावी गठबन्धनको विषयलाई लिएर महामन्त्रीहरूले सभापतिलाई गलत भनेको भन्दै उनले आपत्ति जनाइन्। ‘सभापति खराब हामी सही भन्ने जुन दाबी छ यो हाँस्यासपद छ। गठबन्धनको निर्णय आफू भएको केन्द्रीय समितिबाट गर्ने। परिणाम भइसकेपछि सभापतिलाई सबै दोष लगाउने?,’ उनले भनिन्, ‘अनि सरकार बनाउने बेलामा पचासथरी वितण्डा गरेर हुन्छ? सभापतिसँगै तपाईंहरू उभिनुको विकल्प छैन। तपाईंहरूको हरेक गतिविधिको अनुगमन गरिरहेका छौँ।’

उनले महामन्त्रीहरूलाई दायरा फराकिलो बनाउन पनि आग्रह गरिन्। ‘महामन्त्रीज्यूहरू कांग्रेसलाई सुधार्ने गरी अभियान चलाउनुहोला, दायरा फराकिलो बनाउनुहोला। सभापतिको विकल्प मात्र खोजी गर्दा तपाईंहरूकै विकल्प खोज्नु नपरोस्’ उनले भनिन्। खतिवडा अहिले सभापति देउवानिकट नेत्री हुन्।

सुनसरीमा पार्टीको क्षेत्रीय सभापति पदमा चुनाव लडेर पराजित भएकी उनी मनोनीत केन्द्रीय सदस्य हुन्।

प्रकाशित: ३ साउन २०८० १५:५६ | Wednesday, July 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast