मध्यसाउनसम्म पानी नपरेपछि चिन्तित किसान

हिमाल प्रेस १३ साउन २०८० २१:२४ | Saturday, July 29, 2023
मध्यसाउनसम्म पानी नपरेपछि चिन्तित किसान फाइल तस्बिर।

महाेत्तरी- साउन दोस्रो साता बित्नै लाग्दासम्म पानी नपरेपछि यहाँका किसानले धान रोपाइँ गर्न पाएका छैनन्। धान रोपाइँ गर्न नपाइएको र अन्य बोटबिरुवा पनि सुक्दै गएपछि किसान चिन्तित बनेका छन्ले। ‘साउन आधा बित्नै लाग्यो, धान रोप्न पाइएन,’ भंगाहा-५ भूचक्रपुरका ६५ वर्षीय किसान दीपनारायण चौधरी थारूले भने, ‘सुत्ला आउँदै गरेका मकैका बोट सुक्दैछन्, वरपरका बोटबिरुवा पानीबेगर सुक्न थालेका छन्।’

मुख्य बाली मानिने धान रोप्न नपाइएको र अन्य बाली पनि सुक्दै गएपछि किसान रनभूल्ल छन्। साउन मध्यबित्नै लाग्दासम्म मौसमको पानी पर्ने संकेत नदेखिएकाले चिन्तित बनाएकाे यहाँका  किसान बताउँछन्। ‘असार-साउनमा पानी नपरेर प्रचण्ड रापको घाम र तातो हावा चलिरहेपछि केहीकेही ठाउँमा धान रोपिएका खेत चिरा परेका छन्। लहरे तरकारी बालीका बेला सुकेर पहँलिदै गएका छन्,’ गौशाला नगरपालिका-११ का लक्ष्मीप्रसाद महतोले भने।

अहिलेको मौसमले खडेरीको लक्षण देखिएकाले अब गुजाराको चिन्ताले पिरोलेको महतोको चिन्ता छ। यसपालि खडेरीको लक्षण देखिन थालेपछि जिल्लाका सबैजसो बस्तीमा सर्वसाधारणलाई गुजाराको चिन्ताले पिरोलेको छ। ‘जिल्लामा प्रत्येक दुई-तीन किलोमिटरको दूरीमा नदी छन्,’ भङ्गाहा–४ पलार बस्तीका किसान चौठी बाँतरले भने, ‘तर यी नदी बर्खेभेलले बस्ती र खेतबारी बगाउने अभिशापमात्र बनेका छन्।’

नदीको पानीले जताततै सिँचाइ प्रबन्ध नभएपछि यी अभिशाप बनेका बाँतरको भनाइ छ। मुख्यबाली धान नै बनाएका जिल्लाका किसान आकाशे पानीकाे पर्खाइमा छन्। रासस

प्रकाशित: १३ साउन २०८० २१:२४ | Saturday, July 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast