भ्रष्टाचार अभियोगमा सिंगापुरका यातायातमन्त्री पक्राउ

हिमाल प्रेस ३० असार २०८० १४:४७ | Saturday, July 15, 2023
भ्रष्टाचार अभियोगमा सिंगापुरका यातायातमन्त्री पक्राउ

सिंगापुर- सिंगापुरका यातायातमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन्। उनीसँगै एक जना अर्बपति होटल व्यवसायी पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सिंगापुरकाे अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरोले शुक्रबार राति जानकारी गराएकाे छ।

यातायातमन्त्री एस. ईश्वरनलाई पक्राउ गरी धरौटीमा रिहा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरोले शुक्रबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सिंगापुरका सबैभन्दा धनी व्यक्तिमध्येका एक ओङ बेङ सेङलाई पनि पक्राउ गरिएको थियो। उनलाई पनि अनुसन्धानपछि धरौटीमा छाडिएको छ। ब्यूरोले अनुसन्धानसम्बन्धी अन्य विवरण खुलाएको छैन।

ओङ छानबिनमा परेको खुलासा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरोले यातायात मन्त्रीमाथिको अनुसन्धानको दायरा फराकिलो बनाएको छ।

विश्वको सबैभन्दा कम भ्रष्ट देशमध्येको एकमा सिंगापुर पर्छ। सिंगापुरमा भ्रष्टाचार नियन्त्रणका लागि ‘क्याबिनेट’ मन्त्रीहरूलाई निजी क्षेत्रका बढी आम्दानी गर्ने व्यक्तिसरह तलब दिइन्छ।

प्रकाशित: ३० असार २०८० १४:४७ | Saturday, July 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast