 
                             
                                            बैतडी- दशरथचन्द नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
दुर्घटनामा ट्र्याक्टर चालक कैलाली घर भएका सुरेन चौधरीको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
दशरथचन्द-२ बाट गिट्टी बोकेर गुइनडातर्फ गइरहेको सुप प्र ०१-००२ त ६३८९ नम्बरको ट्याक्टर सोमबार साँझ करिब ७ बजे वडा नम्बर ६ को सनकट्या भिरमा दुर्घटनामा परेको हो।
ट्र्याक्टर सनकट्या भिरबाट करिब ३०० मिटर तल खसेको हो।
                            प्रकाशित: २ साउन  २०८० ८:१७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 