काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बुधबार सुरु भएका दुई नयाँसँगै ग्लोबल आइएमई बैंकको शाखा संख्या ३५९ पुगेको छ।
ग्लोबल आइएमई ७७ जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंकसमेत हो।
यसका ३६२ एटीएम, ३२२ शाखारहित बैंकिङ एकाइ, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालय छन्। बैंकका ४० लाखभन्दा बढी ग्राहक रहेको जनाएको छ।
प्रकाशित: २७ असार २०८० १९:०९ | Wednesday, July 12, 2023
प्रतिक्रिया



