बन्दीपुरका १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा

हिमाल प्रेस १० साउन २०८० १५:१९ | Wednesday, July 26, 2023
बन्दीपुरका १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा

बन्दीपुर- तनहुँको पर्यटकीय क्षेत्रमा पर्ने बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार पारेको छ। सूचनाहरू गाउँपालिकाका विभिन्न स्थानमा राखिएकाे छ। जसलाई ‘क्युआर स्क्यान’ गरी पढ्न तथा सुन्न सकिने छ।

बन्दीपुर घुम्न आएका पर्यटकहरूलाई गन्तव्यको सही र सहज पहुँचका लागि फरक भाषामा सामग्री बनाइएको बन्दीपुर गाउँपालिकाका प्रमुख सुरेन्द्र थापाले जानकारी दिए। उनका अनुुसार नेपाली, अंग्रेजी, चाइनिज, जापानिज, कोरियन, फ्रेन्चलगायत भाषामा सामग्री तयार पारिएको छ।

बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल, विन्ध्यवासिनी मन्दिर, पद्य पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्क लगायतका १७ पर्यटकीय गन्तव्यको सूचना विभिन्न भाषामा समेटिएको छ। -रासस

प्रकाशित: १० साउन २०८० १५:१९ | Wednesday, July 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast