प्रांगारिक खेतीमा रमाइरहेका छवि

हिमाल प्रेस १४ साउन २०८० १७:०७ | Sunday, July 30, 2023
प्रांगारिक खेतीमा रमाइरहेका छवि चितवनको भरतपुर महानगरपालिका–२५ शुक्रनगरका किसान छवि न्यौपाने आफ्नो प्रांगारिक तरकारी खेतीमा। तस्बिर : रासस

चितवन- यहाँका एक किसानले प्रांगारिक खेती अभियान सञ्चालन गरेका छन्। भरतपुर महानगरपालिका-२५ शुक्रनगरका किसान छवि न्यौपानेले आफूले प्रांगारिक खेती गर्दै अरुलाई पनि अभियानमा जोडेका छन्।

न्यौपानेले भरतपुर-२५ मा ९ बिघा र वडा नं २८ मा सात बिघा जमिनमा प्रांगारिक तरकारी र खाद्यान्न उत्पादन गर्दै आएका छन्। उनले प्रांगारिक मल र विषादी आफैँले बनाएर प्रयोग गर्ने गरेका छन्।

मौसमअनुसारको तरकारीसँगै उनले खाद्यान्नबाली धान, गहुँ, मकै, तोरी लगाउने गरेका छन्। उनले गोठे मल, कम्पोस्ट मल, जीवामृत, पञ्चामृत, वेस्ट डिकम्पोजर, निमास्त्रजस्ता मल र विषादी आफैँले उत्पादन गर्दै आएका छन्।

विसं २०७४ देखि तरकारीखेती सुरु गरेका उनी त्यसको दुई वर्षपछि पूर्णरूपमा प्रांगारिक खेतीतर्फ लागेका छन्। उनका अनुसार वस्तुको आलो गोबर र पिसाबबाट जीवामृत बनाउने गरिन्छ। त्यसमा दालको पिठो, भेली, अक्सिजन दिने रुख मुनिको माटो मिसाएर जीवामृत बनाइन्छ। यसले माटोलाई मलका रूपमा परिणत गर्छ। मौसमअनुसार १५ देखि २२ दिनसम्म राखेपछि यो तयार हुन्छ। यसलाई भाडोमा राखेर ‘स्प्रे’ गरिन्छ।

उनले धनजीवामृत बनाएर मलको काम गराउँदै आएका छन्। यसमा जीवामृतमा प्रयोग हुने सामग्रीमा पिना र उखुको छोक्रा मिलाएर ४५ दिन राखेपछि तयार हुन्छ। यसले मलको काम गर्दछ। बोटको डाँठ र जरालाई बलियो बनाउन पञ्चामृत उनी आफै बनाउँछन्।

यसले धेरैभन्दा धेरै फूल फुलाउने, फूल र बतिला झर्नबाट जोगाउने गर्दछ। एउटा भाँडोमा आलो गोबर घिउ मिसाएर चार पाँच दिन राख्ने गरिन्छ। यसैगरी अर्काे भाडामा दूध, दही, केरा, भेली, हरियो नरिवलको पानी, बजारको केमिकल युक्त दाना नखाएको गाईको पिसाब, घोलेर चार पाँच दिन राखिन्छ। दुवैलाई मिसाएर ड्रममा बिर्काे लगाएर २०-२२ दिन राख्नुपर्ने उनी बताउँछन्। रासस

प्रकाशित: १४ साउन २०८० १७:०७ | Sunday, July 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast