प्रस्तावित राजदूतहरूको संसदीय सुनवाइ प्रक्रिया सुरु

हिमाल प्रेस ३ साउन २०८० १३:२१ | Wednesday, July 19, 2023
प्रस्तावित राजदूतहरूको संसदीय सुनवाइ प्रक्रिया सुरु संसदीय समितिको बैठक

काठमाडौँ- सरकारद्वारा सिफारिस गरिएका विभिन्न मुलुक तथा नियोगका छ जना राजदूतहरूको संसदीय सुनवाइ प्रक्रिया सुरु भएको छ।

बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सरकारद्वारा सिफारिस अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्र संघीय नेपाली नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदीको सुनुवाइ प्रक्रिया सुरु गरेको हो।

संयुक्त अरव इमिरेट्सका लागि राजदूतमा सिफारिस तेजबहादुर क्षेत्री, कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्साल, थाइल्याण्डका लागि प्रस्तावित राजदूत धनबहादुर ओली र फ्रान्सका लागि प्रस्तावित राजदूत सुधीर भट्टाराईको सुनुवाइ गर्न उजुरी आह्वानका लागि १० दिने सूचना जारी गर्ने निर्णय गरेको हो।

सरकारले सिफारिस गरेका राजदूत तथा विभिन्न नियोगका प्रतिनिधिको सुनुवाइका लागि प्रष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिनका लागि १० दिने सूचना जारी गर्ने प्रस्ताव बैठकले पारित गरेको समितिका सचिव एकराम गिरीले जानकारी दिए।

उनले समितिको निर्णय अनुसार आजको मितिबाट नै लागू हुने गरी समितिले सो उजुरी आह्वान गर्दै सरकारी सञ्चार माध्यामबाट सूचना प्रकाशित गर्ने समेत बताए।
मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूतहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित: ३ साउन २०८० १३:२१ | Wednesday, July 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast