प्रधानमन्त्रीले बुढीगण्डकीको फिल्ड कार्यालयको उद्घाटन गर्ने

हिमाल प्रेस ३ साउन २०८० ७:३९ | Wednesday, July 19, 2023
प्रधानमन्त्रीले बुढीगण्डकीको फिल्ड कार्यालयको उद्घाटन गर्ने

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बुढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गर्ने भएका छन्।

आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइ कार्यालय रहेको सिउरेनीटार, गोरखामा सो आयोजनाको फिल्ड कार्यालय आज उद्घाटन गरिने भएको हो।

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको सरकारले आज फिल्ड कार्यालयको उदघाटन गर्न लागेको हो।

बुढीगण्डकी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठका अनुसार आयोजना प्रभाबित क्षेत्र धादिङ र गोरखाका स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहनेछ।

प्रकाशित: ३ साउन २०८० ७:३९ | Wednesday, July 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast