प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ४५ लाख ठगी, दुई जना पक्राउ

हिमाल प्रेस ७ साउन २०८० २१:३१ | Sunday, July 23, 2023
प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ४५ लाख ठगी, दुई जना पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुशासन सल्लाहकार हुँ भन्दै ठगी गरेको आरोपमा दुई जनालाई आज (आइतबार) प्रहरीले काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको नागार्जुन बस्ने ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाख खनाललाई पक्राउ गरेको हो।

उनीहरूले प्रधानमन्त्रीको सल्लाहकार भएको र प्रमुख नेताहरूसँग चिनजान रहेकाले विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने भनी झुटा आश्वासन दिएर ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पीडितहरूलाई विभिन्न कागजातमा सहीछाप गराई उनीहरूले ४५ लाखभन्दा बढी रकम ठगी गरेको प्रहरीले जनाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार यसरी रकम ठगी गरी उनीहरूले पीडितको ना ४ च ८६७० नम्बरको स्कारपियो गाडीसमेत लिएर फरार भएका थिए।

उनीहरूविरुद्ध इलाका प्रहरी कार्यालय दमक, झापामा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भई जिल्ला अदालत भद्रपुर झापाबाट पक्राउ पुर्जी जारी भएकाले जिल्ला प्रहरीको अनुरोधमा आरोपीहरूलाई पक्राउ गरिएको उनले जानकारी दिए। उनीहरूलाई थप कारबाहीका लागि आजै इलाका प्रहरी कार्यालय दमक झापा पठाइएको छ।

प्रकाशित: ७ साउन २०८० २१:३१ | Sunday, July 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast