काठमाडौँ- जसपाका सांसद प्रदीप यादवले निर्वाचन आयोगले जनप्रतिनिधिको चरित्रहत्या गरेको आरोप लगाएका छन्। आज प्रतिनिधिसभा बैठकमा बोल्दै सम्पत्ति विवरण सार्वजनिक गर्दा पनि नगरेको भन्दै नाम सार्वजनिक गरेको बताएका छन्।
‘हामीले सम्पत्ति विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका र्छाै। जिल्ला निर्वाचन कार्यालय पुगेर विवरण बुझाएका छौँ। यो खेदजन्य योग्य छ’, उनले भने, ‘प्रमुख आयुक्तलाई माफी माग्न अनुरोध छ। नभए महाअभियोग लगाउनुपर्छ।’
उनले तराईलाई सुक्खा क्षेत्र घोषणा गर्न अनुरोध गरेका छन्। ‘साउने घामले तराइ तातिएको छ। अझ चापाकलहरू भासिएका छन्। रातभरी पानीका लागि लाइन बस्नु परेको छ।’
उनले भने, ‘मैले सम्मानीय प्रधानमन्त्रीलाई मैले नै भने। प्रधानमन्त्रीले खानेपानी मन्त्रीलाई भन्नुभयो। काम सुरु भयो। तर बजेट छैन भनेर टारिएको छ।’ उनले आकस्मिक कोष बनाएर पानीको अभाव टार्नुपर्ने बताए।

                                             
                                             
                                             
                                             

