प्रचण्डले सत्ता टिकाउन परराष्ट्र नीतिको सन्तुलन गुमाए : प्रदीप ज्ञवाली

हिमाल प्रेस १ साउन २०८० १५:०१ | Monday, July 17, 2023
प्रचण्डले सत्ता टिकाउन परराष्ट्र नीतिको सन्तुलन गुमाए : प्रदीप ज्ञवाली प्रदीप ज्ञवाली/फाइल तस्बिर

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता टिकाउन परराष्ट्र नीतिमै सन्तुलन गुमाउने काममा संलग्न भएको आरोप लगाएका छन्।

प्रचण्डको हालै सम्पन्न भारत भ्रमणबारे संकेत गर्दै ज्ञवालीले पछिल्ला दिनमा सत्ता टिकाउन जस्तोसुकै जोखिम मोल्न तयार भएको आरोप लगाए। उनले सरकारलाई सचेत गराउन बुद्धिजीविलाई समेत आग्रह गराए।

त्रिभुवन विश्वविद्यालय नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास)ले सोमबार कीर्तिपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले सत्ता टिकाउनका लागि असंलग्नताको परराष्ट्र नीतिमा विचलन ल्याउने काम नगर्न पनि सरकारलाई सचेत गराए।

प्रधानमन्त्री दाहालले भारत भम्रणको क्रममा नेपालको हितलाई समेत ध्यानमा नराखी विद्युत् खरिद सहितको सम्झौंता गरेको भन्दै उनले आपत्ति जनाए। पछिल्ला दिनमा नेपालले नजानिँदो ढंगले एउटा देशप्रति बढी आशक्ति देखाउनु राष्ट्रका लागि हितकर नभएको उपमहासचिव ज्ञवालीले पटकपटक दोहोर्‍याए।

उपमहासचिव ज्ञवालीले नेपालले आफ्नो राष्ट्रिय हितलाई ध्यानमा राखेर छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने बताए।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी नेतृ एवं पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपालले भारत-चीनबीचको सम्बन्ध बलियो बनाउने काममा प्रयास गर्नुपर्ने बताइन्।

दुई मुलुकबीचको सम्बन्ध राम्रो भए मात्रै नेपालले त्यसबाट लाभ लिन सक्ने भएकाले सरकारले सोही अनुसारको सम्बन्ध अघि बढाउने कुरामा जोड दिनुपर्ने उनको तर्क थियो। नेतृ कोइरालाले नेपालले राष्ट्रिय हित विपरीत कुनै पनि मुलुकको बहकावमा गएर परराष्ट्र सम्बन्ध अघि बढाउन नहुने पनि सचेत गराइन्।

प्रकाशित: १ साउन २०८० १५:०१ | Monday, July 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast