‍पोखराको अर्मलामा ५ घर विस्थापित, बाटुलेचौरमा सडक भासियो [फोटो फिचर]

हिमाल प्रेस १४ साउन २०८० १५:२२ | Sunday, July 30, 2023
‍पोखराको अर्मलामा ५ घर विस्थापित, बाटुलेचौरमा सडक भासियो [फोटो फिचर]

पोखरा- भीषण वर्षाका कारण पोखराको अर्मलामा ५ घरमा क्षति पुग्दा परिवार नै विस्थापित भएका छन्। उर्लेको खहरे ढुंगामाटोसहित घरभित्र छिर्दा परिवार विस्थापित भएका हुन्। तीमध्ये १ घर पूर्ण रुपमा भत्किएको छ।

पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले खहरे नजिक घर बनाएर बसेका निम्न वर्गीय मानिसहरूको घरमै खहरे छिरेर क्षति पुर्‍याएको बताए। यस्तै, करिब २ सय रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको छ।

यसैगरी, पोखरा–१६, बाटुलचौरस्थित डाँडाथोक मार्गमा सडक भासिएको छ। मातृशिशु अस्पताल नजिकै घर अगाडिको पिच सडक भासिएपछि त्यहाँको बस्ती नै जोखिममा परेको छ। स्थानीयका अनुसार राति उक्त स्थानको सडक भासिएको हो। सडक भासिएपछि परेको भ्वाङ पुर्न आएको ग १ क ५५०१ नम्बरको टिपर नै खाल्डोमा परेपछि निकाल्ने प्रयास भइरहेको छ।

प्रकाशित: १४ साउन २०८० १५:२२ | Sunday, July 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast