पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनु पर्ने अवस्था अन्त्य भयो : स्वास्थ्यमन्त्री

हिमाल प्रेस १५ साउन २०८० १६:०३ | Monday, July 31, 2023
पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनु पर्ने अवस्था अन्त्य भयो : स्वास्थ्यमन्त्री

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था हुनु नहुने बताए।

दोस्रो आधारभूत जीवन रक्षा दिवसको अवसरमा धुलिखेल अस्पतालले सोमबार काभ्रेको धुलिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले मन्त्रालयमा काम सुरु गरेपछि सुधारका काम भएको भन्दै पैसा नभएका कारण उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए।

मन्त्री बस्नेतले आफूले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाले पछि देश भरिका १६ वटै संघिय अस्पतालहरुका ३ हजार ५ सय २३ शैया विपन्नका लागि निःशुल्क गरेको जानकारी दिँदै निजी अस्पतालहरूले पनि १० प्रतिशत शैया विपन्नका लागि निःशुल्क गर्ने कानूनी प्रवधानलाई कडाइका साथ लागु गराएको बताए।

उनले दुई वर्षभित्र सबै नेपालीलाई निःशुल्क रूपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने र पाँच वर्षभित्र हरेक प्रकारका स्वास्थ्य सेवा प्रदान गर्न सक्ने आधारस्तम्भ तयार पार्न आफू लागेको बताए।

उनले सानोतिनो रोगको उपचारका लागि भीआईभी र भीभीआईपीहरू विदेश जाने र करोडौ राज्यकोषको खर्च हुने गरेको भन्दै भीआईपी र भीभीआईपीका लागि पनि वीर अस्पताल पाँच शैयाको कक्ष निर्माण गरेर १५ जना विशेषज्ञ चिकित्सकको टीम बनाइदिएको धारणा राखे।

धुलिखेल अस्पतालले नेपालीको स्वास्थ्य उपचारमा गरेको योगदानको प्रशंसा गर्दै मन्त्री बस्नेतले धुलिखेल अस्पतालले निकट भविश्यमा निर्माण गर्न लागेको ट्रमा सेन्टर बनाउन स्वास्थ्य मन्त्रालयले सक्दो सहयोग गर्ने आश्वासन दिए।

प्रकाशित: १५ साउन २०८० १६:०३ | Monday, July 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast