पार्टीको अनुशासन समिति विधानअनुसार चलेन : कांग्रेस कर्णाली सभापति

हिमाल प्रेस ३ साउन २०८० १२:२५ | Wednesday, July 19, 2023
पार्टीको अनुशासन समिति विधानअनुसार चलेन : कांग्रेस कर्णाली सभापति

काठमाडौँ- नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले पार्टी अनुशासन समिति संयोजक आनन्द ढुंगानाले विधानले नदिएको अधिकार प्रयोग गरेको आरोप लगाएका छन्। बुधबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले गएका निर्वाचनमा अनुशासन उल्लंघन गरेर विधानले कारबाही हुने भनेकाहरूलाई एकल निर्णय गरेर ढुंगानाले फुकुवा गरेकोप्रति आपत्ति जनाए।

‘महामन्त्री र पदाधिकारीज्यूहरू पोइन्ट टू बी नोटेट, विधानको ३८ को र ३९ मा अधिकार र काम कर्तव्यबारे लेखिएको छ,’ शाहीले भने, ‘नेपाली भाषामा म कमजोर छैन भन्ने छ। विधानको धारा ३४ को स्वतः निष्कासन गरेको व्यक्तिहरूलाई विधानले व्यवस्थै नगरेको कारबाही भनेका व्यक्तिहरूलाई अनुशासन समितिको एकल निर्णयले असार १७ गते कारबाही फुकुवा गर्नुुहुन्छ। अनुशासन समितिले एकल निर्णय गरेर कसरी कारबाही गर्नुभयो ? केन्द्रीय समितिको ध्यानाकर्षण गराउँछु।’

प्रकाशित: ३ साउन २०८० १२:२५ | Wednesday, July 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast