पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु

हिमाल प्रेस ८ साउन २०८० १०:५५ | Monday, July 24, 2023
पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु प्रतीकात्मक तस्बिर।

बैतडी- बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ।
पुर्चौडी नगरपालिका-२ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको मृत्यु भएको पुर्चौडी नगरपालिका-२ का वडाध्यक्ष चक्रबहादुर बमले जानकारी दिए।

अञ्जुका श्रीमान महेश जागरी भारतमा रोजगारीका लागि गएको बमको भनाइ छ।
अपांग रहेका मृतक अञ्जुका देवर १७ वर्षीय गोबर जागरी र सासु ४५ वर्षीय रायमति जागरीसहित सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६५ वर्षीय जस्मा बोहरा घाइते भएका छन्।

उनीहरूलाई थप उचारका लागि स्थानीय स्वास्थ्य चौकी पढाउने तयारी रहेको वडाध्यक्ष बमले बताए। घरको माथि सडक खनेको र त्यहीँ सडक भासिँदा घर पुरिएर करिब एक दर्जन चौपाया समेत मरेका छन्।

प्रकाशित: ८ साउन २०८० १०:५५ | Monday, July 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast