नेपाल प्रहरीका इन्स्पेक्टरको अमानवीय हर्कत : जवानलाई बाँधेर निर्घात कुटपिट [भिडियोसहित]

हिमाल प्रेस २७ असार २०८० १४:१८ | Wednesday, July 12, 2023
नेपाल प्रहरीका इन्स्पेक्टरको अमानवीय हर्कत : जवानलाई बाँधेर निर्घात कुटपिट [भिडियोसहित]

काठमाडौँ– नेपाल प्रहरीका जवानमाथि इन्स्पेक्टरले कुटपिट गरेको अर्को घटना बाहिरिएको छ। झापामा सादा पोसाक (घुमुवा)का इन्स्पेक्टरले हवलदार र जवानमाथि निर्घात कुटपिट गरेको घटना भएको एक महिना नबित्दै सिरहामा त्यस्तै घटना दोहोरिएको हो। सिरहका इन्स्पेक्टर हेमन्त राईले जवान अनु रायलाई बाँधेर कुटपिट गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी टेकुनन्द इवालिम्बुले पनि घटना भएको पुष्टि गरे। उनले हिमालप्रेससँग भने, ‘जवान केटो अलि एग्रेसिभ भएछ। उसले लागूऔषध पनि सेवन गरेको अवस्था थियो। उसले ड्युटीमा रहेका अन्यलाई डिस्टर्ब गरेपछि नियन्त्रणमा लिन हतकडी लगाएर ल्याइएको हो, कुटपिट गरिएको छैन।’

जवान रायलाई बाँधेर भुइँमा राखेको भिडियो पनि सार्वजनिक भएको छ।  एसपी टेकुनन्दका अनुसार जवान रायले साथमा रहेको हतियारको पनि दुरुपयोग गर्न लागेपछि नियन्त्रणमा लिन हतकडी लगाइएको हो। ‘ड्युटीमा रहेका अरूलाई अनावश्यक गाली गर्ने, उनीहरूको हतियार खोसेर भाग्न खोज्ने गरेपछि नियन्त्रणमा लिइएको हो’, उनले भने।

जवान रायले आफूलाई निरन्तर ड्युटीमा खटाएको भन्दै हवलदारसँग गुनासो गरेका थिए। हवलदारले जवानले गरेको गुनासोबारे इन्स्पेक्टर राईलाई सुनाएपछि आफ्नो कार्यकक्षमा बोलाएका थिए। त्यहीक्रममा राईले रायमाथि कुटपिट गरेको आरोप छ।

सार्वजनिक भिडियोमा अनु राय रुँदै आफूलाई कुटपिट नगर्न अनुनय गरिरहेका छन्। यसरी यातना दिनुभन्दा बरु आफूलाई मारिदिए हुने उनको भनाइ सुनिन्छ। उनले भनेका छन्, ‘यस्तो यातना दिनुभन्दा मलाई मार्दिनुस् सर। म अपराधी हैन सर। यसरी किन हान्नुभयो? कानमा हानेर कान सुन्निएको छ।’

जवानलाई ११ घन्टासम्म बाँधेर याताना दिएको बताइएको छ।

रायमाथि कुटपिट गर्ने प्रहरी अधिकारीहरूले उनलाई ‘ए! कहाँ रक्सी खाइस् भनेर सोधेका छन्।’ रायले रक्सी नखाएको बताइरहेको सुनिन्छ। त्यसबीचमा राय पनि मुखामुख गर्छन्। उनले आफूले रक्सी खाएको भए मेडिकल परीक्षणपछि थाहा हुने बताएका छन्। रक्सी खाएको पाएमा कारबाही स्वीकार्य हुने उनको भनाइ छ। अनि उनलाई हत्कडी लगाएर मेडिकल लैजान लागिएको सुनिन्छ।

इन्स्पेक्टरले हवलदार र जवानलाई पानीमा चोप्दै भाटैभाटाले हानेपछि…

इन्सपेक्टरले कुटे हवल्दार, आँखामा गम्भीर चोट

प्रकाशित: २७ असार २०८० १४:१८ | Wednesday, July 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast