नेतालाई एउटा, जनतालाई अर्को कानुन हुन सक्दैन : गृहमन्त्री श्रेष्ठ

हिमाल प्रेस ८ साउन २०८० १६:२४ | Monday, July 24, 2023
नेतालाई एउटा, जनतालाई अर्को कानुन हुन सक्दैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अनुसन्धानले तथ्य, प्रमाणको आधारमा पुग्नुपर्ने ठाउँसम्म पुगेर कारबाही गर्ने आश्वासन दिए। उनले सरकार दोषीलाई छोड्ने काममा नलाग्ने स्पष्ट पारे।

मन्त्री श्रेष्ठले राजनीतिक क्षेत्रका नेताहरु दोषी देखिइसकेपछि नियन्त्रणमा लिइ कारबाहीको प्रक्रिया अघि बढाउँदा सोही पार्टीका अन्य नेताहरुले विरोध गर्ने, व्यवसायी, कर्मचारीहरूले पनि आफूलाई कारबाही गर्नु हुँदैन भनेर विरोध गर्ने परम्पराको विकास हुँदै गएको बताए।

उनले सरकार कुनैपनि हालतमा अपराधीलाई छुट दिने पक्षमा नरहेको र प्रमाणसँगै सबै दोषीलाई कारबाही हुने प्रतिवद्धता जनाए। मन्त्री श्रेष्ठले धनीलाई एउटा, गरिबलाई अर्को कानुनी कारबाही हुनेकुरा सरकारलाई सह्य नरहेको बताए। उनले कानून सबैका लागि बराबर हुने बताए।

मन्त्री श्रेष्ठले अपराधमा संलग्नहरूलाई प्रमाणले भ्याएसम्म सबैलाई कारबाही हुने बताए।

प्रकाशित: ८ साउन २०८० १६:२४ | Monday, July 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast