धारिलो हतियार प्रहार गरी रौतहटमा ३६ वर्षीय पुरुषको हत्या

हिमाल प्रेस २९ असार २०८० ९:११ | Friday, July 14, 2023
धारिलो हतियार प्रहार गरी रौतहटमा ३६ वर्षीय पुरुषको हत्या

रौतहट- रौतहटमा धारिलो हतियार प्रहार गर एक पुरुषको हत्या भएको छ।
देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित करकस टोलका ३६ वर्षीय जग्गनाथ साह कानुको हत्या भएको प्रहरीले जनाएको छ।

आफ्नै घरमा ओछ्यानमा सुतिरहेको बेला आज बिहान करिब साढे ३ बजे उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक (इन्सपेक्टर) दिनेशबहादुर कुँवरले जानकारी दिए।

अहिले घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान गरिरहेको उनले जानकारी दिए। अनुसन्धानका लागि तालिमप्राप्त कुकुर पनि लगिएको छ।

बाँकी कुरा अनुसन्धानपछि खुल्ने इन्सपेक्टर कुँवरले जानकारी दिए।

प्रकाशित: २९ असार २०८० ९:११ | Friday, July 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast