धनराजले भने : १५औँ महाधिवेशनमा शेखर कोइरालालाई सभापति बनाउने हो

हिमाल प्रेस ९ साउन २०८० १५:२३ | Tuesday, July 25, 2023
धनराजले भने : १५औँ महाधिवेशनमा शेखर कोइरालालाई सभापति बनाउने हो फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको १५औं महाधिवेशनमा डा.शेखर कोइरालालाई सभापतिमा स्थापित गराउने बताएका छन्। बीपी स्मृति सप्ताह कार्यक्रममा बोल्दै कानुनमन्त्रीसमेत रहेका गुरुङले पार्टी रुपान्तरणका लागि १५औं महाधिवेशनमा शेखरलाई सभापति बनाएरै छोड्ने बताएका हुन्।

‘हामीले पार्टी रुपान्तरणको अभियान लिएर १४औं महाधिवेशनमा उठेका थियौँ। त्यो रुपान्तरणको अभियान सकिएको छैन। विश्राम लिएका छैनौँ,’ उनले भने, ‘अहिले नै रुपान्तरणको नाम पार्टी सभापति बदल्ने कि नबदल्ने भन्ने प्रश्न पनि उठ्छ। तर, पनि मैले भन्दै आएको छु १४औं महाधिवेशनपछि नपुग्ने र नहुने कुरा गर्न चाहन्न। हामी शेखर कोइरालालाई उम्मेदवारमात्रै होइन सभापतिमै स्थापित गराउँछौँ।’

गुरुङले अहिले नै आफूद्ये सभापति बदल्नुपर्छ भनेर भन्न नचाहेको पनि बताए। ‘मैले अहिले नै खरो ढंगबाट पार्टी सभापति बदल्नुपर्छ भन्ने चाहन्नँ, सक्दिनँ। भन्दिन पनि। अब पार्टी रुपान्तरणको लागि १५ औं महाधिवेशनलाई लक्ष्य बनाएका छौँ’ उनले भने।

उनले बीपीको पद चाप पछ्याउँदै हिँड्न कसैले पनि छोड्न नहुने पनि बताए। ‘बीपीको पदचाप पहिलाउनुपर्छ हिँड्नै पर्छ । हामीले कांग्रेसलाई बहुमतको पार्टी बनाउनुछ । यो मुलुक र जनताको लागि डेलिभरी दिन आवश्यक छ । जनमतका लागि राजनीति गरेका छौँ भनेर हिँड्नुपर्छ’ उनले भने।

आफूसँगै पार्टी रुपान्तरण गर्दै देश रुपान्तरणको अभियानमा लाग्नुपर्ने पनि गुरुङको भनाइ छ। उनले भने, ‘हामी अलमलिएका छौं कि ठिक छ ? रूपान्तरण गर्ने नै हो । सिङ्गो मुलुकको रूपान्तरण अघि पार्टीको रूपान्तरण हुन्छ । सूरूमा आफैँ रूपान्तरण गर्नुछ । आफैँ नबदल्नेले पार्टी र देशको मुहार बदफ्न सक्दैनौँ।’

 

प्रकाशित: ९ साउन २०८० १५:२३ | Tuesday, July 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast