देवघाटको आश्रमलाई सिटिजन्स बैंकको आर्थिक सहयोग

हिमाल प्रेस १ साउन २०८० १६:०० | Monday, July 17, 2023
देवघाटको आश्रमलाई सिटिजन्स बैंकको आर्थिक सहयोग

काठमाडौँ- सिटिजन्स इन्टरनेसन बैंकले तनहुँको देवघाटस्थित गलेश्वर आश्रमलाई आर्थिक सहयोग गरेको छ। बैंकको नारायणगढ शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरेको हो।

देवघाटस्थित संस्कृत गुरुकुलमार्फत देशभरका विद्यार्थीलाई निःशुल्क संस्कृत शिक्षा पढाउँदै आएको गलेश्वर आश्रमलाई दुई चरणमा ५ लाख रुपैयाँ हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ।

संस्कृत गुरुकुल भवन निर्माणका लागि उक्त सहयोग गरिएको बैंकको भनाइ छ। बैंकले पहिलो चरणमा ३ लाख रुपैयाँ र दोस्रो चरणमा ३ लाख रुपैयाँ हस्तान्तरण गरिएको जानकारी दिएको छ। पहिलो चरणको सहयोगस्वरुपको कामको अनुगमन गरी दोस्रो चरणमा रकम हस्तान्तरण गरिएको बैंकको भनाइ छ।

प्रकाशित: १ साउन २०८० १६:०० | Monday, July 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast