दीगो विकास लक्ष्य हासिल गर्न ठूलो चुनौती छ : अर्थमन्त्री

हिमाल प्रेस १ साउन २०८० १७:०७ | Monday, July 17, 2023
दीगो विकास लक्ष्य हासिल गर्न ठूलो चुनौती छ : अर्थमन्त्री

गुजरात- अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकलाई धेरै खालका चुनौती रहेको बताएका छन्। भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारबाट सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय बैठकमा मन्त्री महतले अल्पविकसित मुलुकमा राजस्व स्रोतमा कमीलगायतले दीगो विकासका लक्ष्य हासिल गर्न चुनौती रहेको बताएका हुन्।

राजस्वको कमी र बढ्दो ऋणका बीच दीगो विकासका लक्ष्य हासिल गर्न चुनौती थपिएको बताए। उनले स्रोत अभावले स्वास्थ्य क्षेत्रमा प्रतिव्यक्ति लगानीसमेत बढाउन नसकिएको बताए।

अन्तर्राष्ट्रिय समुदायले सहुलियतपूर्ण ऋण, सुविधाजनक, लचक खालका अनुदान र स्रोत उपलब्ध गराउन तथा थप स्रोत उपलब्ध गराउन उनले अनुरोध गरे। सम्मेलनमा भारत, अमेरिका, चीन, जापान, फ्रान्स, रसियालगायत सदस्य राष्ट्र र विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंकजस्ता संस्थाहरूको सहभागिता छ।

प्रकाशित: १ साउन २०८० १७:०७ | Monday, July 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast