काठमाडौँ- ज्योति विकास बैंकको १५औँ वार्षिकोत्सव सम्पन्न भएको छ। बैंकले काठमाडौँको पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा मंगलबार वार्षिकोत्सव मनाएको हो। बैंकका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्व रहेको वार्षिकोत्सव कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरू, भुतपूर्व सञ्चालकहरू, कर्मचारी तथा ग्राहकहरूको उपस्थिति थियो।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले स्वागतमन्तव्यसहित कार्यक्रमको शुभारम्भ गरे। बैंकले वार्षिकोत्सवकै अवसरमा आफ्नो १२१औँ शाखाको उद्घाटन पनि गरेको छ।
प्रकाशित: ९ साउन २०८० २१:१२ | Tuesday, July 25, 2023
प्रतिक्रिया



