घटनाका दोषी छुट्न नदिन हामी कानुन संशोधन गर्दैछौँ : प्रधानमन्त्री

हिमाल प्रेस ३ साउन २०८० १२:२० | Wednesday, July 19, 2023
घटनाका दोषी छुट्न नदिन हामी कानुन संशोधन गर्दैछौँ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रतिवद्ध रहेको बताएका छन्।

बुधबार ६१ औँ इन्जिनियर दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारविरोधी अभियानलाई तिब्र अघि बढाइरहेको उल्लेख गरे।

उनले त्रुटी एउटाले गर्ने र आरोप अर्कोलाई लाग्नेस्थिति हुन नदिन ‘दोषी नछुटोस्, निर्दोष नपरोस्’ भन्ने मान्यताअनुसार केही नियमावली/ऐनमा सुधार गर्ने विश्वास व्यक्त गरे।

उनले असारमा गरिएका विकास निर्माणका कार्य मनसुनको बाढीपहिरोले बगाउने र बनेका पूर्वाधार संरचना पनि नटिक्ने र उचित सदुपयोग नहुने विकासको प्रविधिलाई बदल्नुपर्ने बताए।

उनले भने,‘आन्तरिक श्रोत, साधन कम भएको हाम्रो देशमा विकास बजेट चालु खर्चको तुलनामा त्यसैपनि न्युन छ। त्यो बजेट पनि हामी समयमा खर्च गर्न सकिरहेका छैनौँ। विकास बजेटको ठूलो हिस्सा आषाढमा खर्च हुन्छ। आषाढमा गरिएका विकास निर्माणका कार्य मनसुनको बाढी र पहिरोले बगाउँछ, बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ श्रोतको पनि सदुपयोग नहुने यो विकासको प्रविधिलाई बदल्नैपर्छ।’
प्रधानमन्त्री दाहालले सरकार नागरिको सुरक्षा र समृद्धितर्फ अघि बढिरहेको बताए।

 

प्रकाशित: ३ साउन २०८० १२:२० | Wednesday, July 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast