काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ।
जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवम् शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीप प्रज्ज्वलनलगायत कार्यक्रम राखेका छन्।
पूर्वसभापति कोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिका मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका थिए।
नेपालमा ५ पटक प्रधानमन्त्री र लामो समय कांग्रेसको पार्टी सभापति भएर उनले काम गरेका थिए।
१९८१ साल असार १८ गते जन्मिएका कोइरालाको ०६६ साल चैत ६ गते निधन भएको थियो।
                            प्रकाशित: १८ असार  २०८० ८:३५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

