कोरियन भाषा परीक्षाका लागि आवेदन खुला

हिमाल प्रेस १४ साउन २०८० ८:२३ | Sunday, July 30, 2023
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला

काठमाडौँ– इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ। आइतबार (आज) एक सूचना जारी गर्दै यस्तो जनाएको हो।

पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउनका लागि उम्मेदवार छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिने शाखाले जानकारी दिएको छ।

नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्रअनुरूप रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिकलाई लैजान लागिएको सूचनामा उल्लेख छ।

यही साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिने र आवेदक १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले हुनुपर्ने जारी सूचनामा भनिएको छ।

प्रकाशित: १४ साउन २०८० ८:२३ | Sunday, July 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast