केन्द्रीय समिति बैठक लाइभ गर्न देउवाको प्रस्ताव

हिमाल प्रेस १ साउन २०८० १७:३४ | Monday, July 17, 2023
केन्द्रीय समिति बैठक लाइभ गर्न देउवाको प्रस्ताव सभापति शेरबहादुर देउवा। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समिति बैठक सामाजिक सञ्जाल, सञ्चार माध्यमबाट लाइभ गर्न प्रस्ताव गरेका छन्। आफ्नै निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा देउवाले यस्तो प्रस्ताव गरेका हुन्।

‘भोलिको केन्द्रीय समिति बैठक लाइभ गर्ने कि भन्ने पनि छ। धेरै व्यक्तिहरू लाइभ गर्न सहमत हुनुभयो, केहीले लाइभ हुँदा नेताहरूले मनदेखि बोल्दैनन् भन्ने विषय पनि आयो,’ बैठकपछि शशांक कोइरालाले भने, ‘भोलि लाइभ गरौं र समीक्षा गरेर अघि बढ्ने कुरा भएको छ। भोलि सायद लाइभ हुन्छ। त्यसको प्रतिक्रिया हेरेर निरन्तरता दिने कि नदिने निर्णय हुन्छ। यो प्र्स्ताव देउवा आफैँले राख्नु भएको हो।’

आजको छलफलमा नीति महाधिवेशनबारे पनि कुरा उठेको उनको भनाइ छ।

यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसमितिका १० एजेन्डा

 

प्रकाशित: १ साउन २०८० १७:३४ | Monday, July 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast