केन्द्रीय समिति बैठकमै मनाइयो महामन्त्री थापाको जन्मदिन

हिमाल प्रेस ४ साउन २०८० १७:१६ | Thursday, July 20, 2023
केन्द्रीय समिति बैठकमै मनाइयो महामन्त्री थापाको जन्मदिन

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको जन्म दिन पार्टीको केन्द्रीय कार्यसमितिको बैठककक्षमै मनाइएको छ। बैठक जारी रहँदा अर्का महामन्त्री विश्वप्रकाश शर्माले थापाको जन्म दिन रहेको र सबैलाई यसमा सरिक हुन भन्दै आग्रह गरेका थिए। आज थापा दम्पतीकै जन्म दिन हो।

केक काटेर जन्म दिन मनाइएको हो। सो अवसरमा नेताहरूले थापालाई खादा लगाउँदै शुभकामना दिएका छन्। कांग्रेस केन्द्रीय समितिको बैठक मंगलबारदेखि जारी छ।

प्रकाशित: ४ साउन २०८० १७:१६ | Thursday, July 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast