फाइल तस्बिर।
                                            काठमाडौँ- कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले चोभारस्थित निर्माणाधीन तरकारी बजारको स्थलगत निरीक्षण गरेका छन्। करिब २३ रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार सात वर्षदेखि निर्माणकै क्रममा रहेकाले उनले अनुगमन गरेका हुन्। तरकारी बजार निर्माणमा भइरहेको ढिलासुस्तीबारे उनले जानकारी लिए।
निरीक्षणपछि सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री भुसालले परियोजना सम्पन्न गरी बजार सञ्चालन गर्न निर्देशन दिए। सात वर्षसम्म पनि संरचना निर्माण नगर्ने निर्माण कम्पनीले जिम्मेवारीपूर्वक काम नगरेको उनले बताए। बाँकी रहेका कार्य अविलम्ब पूरा गर्न मन्त्री भुसालले निर्देशन दिए। रासस
                            प्रकाशित: १८ असार  २०८० २१:४६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    


