कानुनमन्त्री धनराज गुरुङले भने : सम्पत्ति शुद्धीकरणको सन्दर्भमा भ्रामक प्रचार गरियो

हिमाल प्रेस ५ साउन २०८० १६:१३ | Friday, July 21, 2023
कानुनमन्त्री धनराज गुरुङले भने : सम्पत्ति शुद्धीकरणको सन्दर्भमा भ्रामक प्रचार गरियो

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सम्पत्ति शुद्धीकरणको सन्दर्भमा भ्रामक प्रचार गरिएको बताएका छन्। मन्त्री गुरुङले एक वर्षका लागि नेपाल नेपाल ‘ग्रे लिस्ट’ मा पर्नबाट जोगिएको भन्ने विषय गलत भएको बताएका हुन्।

शुक्रबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सो विषय गलत भएको बताए।

क्यानडामा केही दिनअघि भएको एपीजीको बैठकमा नेपालको तर्फबाट कानुन मन्त्रालय र प्रधानमन्त्री कार्यालयको सचिव उपस्थित भइ नेपालको तर्फबाट रिपोर्टिङ गरेअनुसार १५ दिनमा एपीजीले रिपोर्ट अध्ययन गरी नेपाललाई जानकारी दिने र आगामी अक्टोबरमा एफएटीएफको पेरिसमा हुने बैठकमा फाइनल रिपोर्ट बुझाउनुपर्ने बताए।

 

प्रकाशित: ५ साउन २०८० १६:१३ | Friday, July 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast