काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय सदस्य मधु आचार्यले भ्रष्टाचारी नेतालाई स्वत:निलम्बन गर्नुपर्ने नीति बनाउन प्रस्ताव गरेका छन्। पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै आचार्यले अख्तियार दुरुपयोग गरेकाहरूको सम्बन्धमा दोषी देखिए स्वतः निलम्बन हुने व्यवस्था गर्न माग गरेका हुन्।
उनले भने, ‘एउटा नीतिगत निर्णय नै गरौँ कि अख्तियार अख्तियार दुरुपयोग गरेको वा भ्रष्टाचारको कुनै पनि घटनामा पार्टीको नेता वा सदस्य दोषी देखिएमा तत्काल निलम्बन भएको स्वतः मानिने छ भनौँ।’
उनले बहुचर्चित भ्रष्टाचार काण्डको छानबिन गर्न पार्टीले सरकारलाई दबाब दिनुपर्ने बताए। यसका लागि सडकमा उत्रिएर भए पनि वातावरण सिर्जना गर्नुपर्ने माग उनको छ।
प्रकाशित: ४ साउन २०८० १६:३५ | Thursday, July 20, 2023
प्रतिक्रिया




