कांग्रेस बैठकमा टेकबहादुरको प्रश्न : चितवनमा गरिबसँग विश्वेश्वर कार्यक्रमको अध्यक्ष माओवादी छ हामीले के गर्ने?

हिमाल प्रेस ४ साउन २०८० १७:२६ | Thursday, July 20, 2023
कांग्रेस बैठकमा टेकबहादुरको प्रश्न : चितवनमा गरिबसँग विश्वेश्वर कार्यक्रमको अध्यक्ष माओवादी छ हामीले के गर्ने?

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङले गठबन्धनका कारण चितवनमा कांग्रेसको आन्तरिक संगठन ध्वस्त भएको बताएका छन्। जारी केन्द्रीय समितिको बैठकमा बोल्दै गुरुङले चितवनमा गठबन्धनको नाममा माओवादी हाबी हुँदा काम गर्नै गाह्रो भएको बताएका हुन्।

उनले गरिबसँग विश्वेश्वर कार्यक्रमकै अध्यक्षसमेत माओवादीको भएको भन्दै नेतृत्वलाई ध्यानाकर्षण गराए।
‘अहिले गठबन्धनको सरकार छ। चितवनका कार्यालय प्रमुख सबै माओवादी छ। मेयर माओवादी, सीडीयो, एसपी, भूमि आयोग, क्यान्सर अस्पताल अध्यक्ष, सरकारी अस्पताल अध्यक्ष माओवादी छ,’ उनले भने, ‘त्यतिमात्र नभएर गरिबसँग विश्वेश्वर कार्यक्रमको अध्यक्ष पनि माओवादी छ। अब भन्नुस् चितवनमा हामीले के गर्न सकिन्छ?’

उनले जिल्लाका हरेक निकायमा कांग्रेसका नेताहरू जाँदा गुनासो सम्बोधन हुने अवस्था नरहेको पनि बताए।

उनले केन्द्रीय समितिको बैठक विधानअनुसार दुई/दुई महिनामै गर्न ध्यानाकर्षण गराए।

प्रकाशित: ४ साउन २०८० १७:२६ | Thursday, July 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast