कांग्रेसका १४ जनप्रतिनिधिमाथिको कारबाही फुकुवा [नामवालीसहित]

हिमाल प्रेस १० साउन २०८० १८:४६ | Wednesday, July 26, 2023
कांग्रेसका १४ जनप्रतिनिधिमाथिको कारबाही फुकुवा [नामवालीसहित] फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेसले गत स्थानीय निर्वाचन र प्रदेशसभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध चुनाव लडेर जित्ने नेताकार्यकर्तामाथि गरिएको कारबाही फुकुवा गरेको छ। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको जानकारी महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए। शर्माका अनुसार उनीहरूले गल्ती स्वीकार गरी पार्टीको विधान मान्ने निवेदन दिएकाले कारबाही फिर्ता गरिएको हो।

कारबाही फुकुवा भएका जनप्रतिनिधिहरू

जंगीलाल राय :  प्रतिनिधिसभा क्षेत्र २ (१) सर्लाही,
देवेन्द्रबहादुर शाही : प्रदेशसभा क्षेत्र १,   जुम्ला
नवराज शाही :  जिसस प्रमुख दैलेख
राजुसिंह कठायत : चन्दननाथ, जुम्ला
मनोजकुमार साह : जनकपुरधाम उपमहानर प्रमुख, धनुषा
प्रह्लादकुमार क्षेत्री : बर्दिबास नगर प्रमुख, महोत्तरी
तारादेवी महतो : बर्दिबास नगर उपप्रमुख, महोत्तरी
भोला खड्का : बर्दिबास-१ वडाध्यक्ष, महोत्तरी
रामस्वगारत यादव : बर्दिबास-७ वडाध्यक्ष, महोत्तरी
विजयकुमार महतो : बर्दिबास-१४ वडाध्यक्ष, महोत्तरी,
विन्देश्वर साह : बर्दिबास नगरपालिका, कार्यपालिका सदस्य, महोत्तरी
अकल तामाङ : बर्दिबास-४ वडाध्यक्ष, महोत्तरी
प्रमोद मोक्तान : बर्दिबास-१० वडाध्यक्ष, महोत्तरी
लक्ष्मणसेन सिंह : बर्दिबास- १३  वडाध्यक्ष, महोत्तरी

प्रकाशित: १० साउन २०८० १८:४६ | Wednesday, July 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast