काठमाडौँ– डीआर सुजन र कल्पना दाहालको स्वरमा ‘बरिखा लायो’ बोलको बर्खे गीत सार्वजनिक भएको छ।
गीत गायक सुजनकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
सुजनकै शब्द र संगीत रहेको गीतलाई राजेन्द्र बाजुरालीले संगीत संयोजन गरेका छन्।
गीत बर्खाको समयमा बाढी पहिरोको जोखिम बढ्ने, धान रोप्ने समयप्रसंगसहित झरीसँगै टाढा रहेको प्रेमीको सम्झनामा आधारित छ।
गीतको भिडियोमा पनि गायक, सर्जक तथा संगीतकार सुजन र गायिका कल्पनालाई नै देख्न सकिन्छ।
भिडियो निर्देशन पनि सुजनले नै गरेका छन्। गीतमा विवेक सुनारको सम्पादन र सुरेश महर्जनको छायांकन छ।
प्रकाशित: २० असार २०८० १३:१२ | Wednesday, July 5, 2023
प्रतिक्रिया




