एसएसपी दानबहादुर कार्की र एसपी रमेशकुमार बस्नेतले पाए अदालतबाट क्षमादान

हिमाल प्रेस १४ साउन २०८० १८:०० | Sunday, July 30, 2023
एसएसपी दानबहादुर कार्की र एसपी रमेशकुमार बस्नेतले पाए अदालतबाट क्षमादान

काठमाडौँ- जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्की र एसपी रमेशकुमार बस्नेतले सर्वोच्च अदालतबाट क्षमादान पाएका छन्। १२ वर्षअघिको तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको फैसला कार्यान्वयन नगरेको भनी सर्वोच्च अदालतले गत २०७९ फागुन ११ मा सजाय आदेश गरेको थियो।

आदेशअनुसार जाहेरीको अनुसन्धान गरी सरकारी कागजात किर्ते मुद्दा नचल्ने निर्णय भएसँगै न्‍याधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमारप्रसाद चुडालको इजलासले दुवैजनालाई अदालतमै उपस्थित गराएर क्षमादान दिएको हो।

भक्तपुर जिल्ला अदालतत र तत्कालीन पुनरावेदन अदालत पाटनले श्रीमान्–श्रीमतीको झगडामा महिलाको पक्षमा फैसला गरेपछि श्रीमान् र सासुले विवाह दर्ता, अस्पताल भर्ना, बच्चाको जन्मसहितका सबै कागज किर्ते भएको दाबीसहित काठमाडौँ प्रहरी परिसरमा मुद्दा दायर गरेका थिए । तर, प्रहरीले उनीहरूको उजुरी नै गलत भएको भनेर मुद्दा चलाएको थिएन। त्यसपछि ‘अनुचित विलम्ब गरेकाले शीघ्रता प्रदान गरी पाऊँ’ भन्दै प्रहरीविरुद्ध नै पुनरावेदन अदालतमा रिट निवेदन परेको थियो।

त्यसअनुसार जाहेरीबारे यथाशीघ्र काम, कारबाही अघि बढाउनू भन्दै पुनरावेदन अदालत पाटनले २०६८ असार २९ गते परमादेश जारी गरेकोमा आदेश कार्यान्वयन नभएपछि सर्वोच्चमा रिट परेको थियो। रिटमा सुनुवाइ हुँदा २०७६ सालमा सर्वोच्चले सक्कल मिसिल झिकाएपछि प्रहरीमा कुनै कारबाही नभएको देखिएको थियो।

कार्कीविरुद्ध १५ दिन जेल सजाय र पाँच हजार जरिबानाको फैसला भएको थियो। उक्त फैसला भएको पनि कार्कीले २०७९ मा काठमाडौँ प्रहरी प्रहरी प्रमुख भएर आएपछि थाहा पाएको बताएका छन्। उनले अहिले अदालतले गरेको निर्णयको सम्मान गर्ने बताए। उनले अदालतको सम्मान सधैँ रहने पनि जानकारी गराए।

प्रकाशित: १४ साउन २०८० १८:०० | Sunday, July 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast