एमाले सदैव जनताको हितमा : ईश्वर पोखरेल

हिमाल प्रेस ३० असार २०८० १६:०४ | Saturday, July 15, 2023
एमाले सदैव जनताको हितमा : ईश्वर पोखरेल

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले विपक्षमा रहेपनि सदैव जनताको हितमा केन्द्रित रहेकोे बताएका छन्।

एमालेको काठमाडौँ महानगर कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले जनताको स्वार्थभन्दा माथि केही नभएकाले एमालेले त्यसबाहेक अरू केही नदेख्ने बताएका हुन् ।

एमालेले जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेअनुसार शनिबार काठमाडौँ महानगर कमिटीले कालीमाटीको टङ्केश्वर क्षेत्रको विष्णुमती करिडोर टेकुमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको हो।

उपाध्यक्ष पोखरेलले भण्डारीले देश बनाउने सपना देखेको भन्दै एमालेका कार्यकर्ता र नेतालाई पनि सपना देख्न सिकाएको स्पष्ट पारे।

प्रकाशित: ३० असार २०८० १६:०४ | Saturday, July 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast