एमाले केन्द्रीय प्रचार विभागमा ११ सदस्य मनोनीत

हिमाल प्रेस ३१ असार २०८० १३:१९ | Sunday, July 16, 2023
एमाले केन्द्रीय प्रचार विभागमा ११ सदस्य मनोनीत एमाले सचिवालय बैठक। फाइल तस्बिर

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय प्रचार विभागमा सदस्यहरू मनोनयन गरेको छ। केन्द्रीय सचिवालयको शनिबार बसेको बैठकले प्रचार विभागमा ११ जना सदस्य मनोनयन गरेको हो।

मनोनीत सदस्यमा डा. महेन्द्र विष्ट, गणेश पाण्डे, राजेश राई, लीलाराज भट्टराई छन्।

यस्तै एलबी शेख, रामकृष्ण ज्ञवाली, शेरबहादुर केसी, दीपक ज्ञवाली, सूर्यमणि गौतम, हेमन्त पौडेल र अक्षरी पोखरेल पनि विभागमा सदस्य मनोनीत भएका छन्।

यसअघि निर्मला शर्मा, गणेश बस्नेत, उजिर मगर, टीका विष्ट, प्रमोद दाहाल, चेतन अधिकारी र रोशन खड्का विभागमा सदस्य थिए भने गगन विष्ट सचिव छन्।

प्रकाशित: ३१ असार २०८० १३:१९ | Sunday, July 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast