गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने एमाले निर्णय

हिमाल प्रेस १० साउन २०८० १४:३५ | Wednesday, July 26, 2023
गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने एमाले निर्णय

काठमाडौँ- नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिएसम्म संसद् बैठक चल्न नदिने  निर्णय गरेको छ।  नयाँ बानेश्वरमा बुधबार बसेको पार्टी संसदीय दलको बैठकले गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् चल्न नदिने निर्णय गरेको हो।

सोमबार राति कम्बोडियाबाट फर्कने क्रममा त्रिभुवन विमानस्थलमा एमाले अध्यक्ष केपी ओलीले गृहमन्त्री श्रेष्ठको आलोचना गरेका थिए। त्रिभुवन विमानस्थल भन्सार पास गरी  झन्डै सय किलो सुन तस्करी भएको प्रकरणमा गृहमन्त्रीको समेत संलग्नता रहेको आरोप एमालेले लगाउँदै आएको छ।

एमाले प्रमुख सचेतक पदम गिरीले संवाददाताहरूसँग भने, ‘गृहमन्त्री संलग्नताबिना तस्करी हुन सम्भव छैन। यसमा छानबिन हुनुपर्छ। गृहमन्त्री पदमा बस्न योग्य हुनुहुन्न। उहाँले राजीनामा नदिएसम्म संसद् चल्न दिँदैनौँ।’

सुन तस्करीबारे गहिरो गरी अनुसन्धान गर्नुपर्ने माग एमालेको छ। एमाले नेता रघुजी पन्तले भने, ‘गहिराइसम्म पुगेर जरोसम्म अनुसन्धान गरी  दोषी पत्ता लाग्नुपर्‍यो। त्यसलाई कानुनी कारबाही गर्नुपर्‍यो।’ सुन तस्करी प्रक्रियामा जो जो संलग्न छन् उनीहरूमाथि कारबाही गर्नुपर्ने पन्तले बताए। उनले सरकारले काम गर्न नसकेको तर मन्त्रीले ठूलाठूला कुरा गरिरहेको आरोप लगाए।

प्रकाशित: १० साउन २०८० १४:३५ | Wednesday, July 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast