काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक ढिलो हुँदा संसद् पनि ढिलिएको छ।
पूर्वनिर्धारित समयाअनुसार संसद् दिउँसो १ बजे सुरु हुँदै थियो। तर, त्यसअघि बस्नुपर्ने एमाले संसदीय दलको बैठक नै १ बजे सुरु हुँदा संसद्को समय प्रभावित बनेको हो।
अहिले संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा एमाले संसदीय दलको बैठक जारी छ। बैठकमा संसद्मा कसरी प्रस्तुत हुने भन्नेबारे संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरूलाई निर्देशित गर्नेछन्।
एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको जवाफको माग गर्ने योजना बनाएको छ। खासगरी अवैधन सुन प्रकरणमा दुवै मन्त्रीले जिम्मेवारी पूरा नगरेको एमाले नेताहरूले बताउँदै आएका छन्।
प्रकाशित: १० साउन २०८० १३:२८ | Wednesday, July 26, 2023
प्रतिक्रिया




