 
                             
                                            काठमाडौँ– एनएमबि बैंकले अन्य बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्ने सुविधा ल्याएको छ।
ईएनएमबि एप र वेबमार्फत अर्को बैंकमा रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ।
बैंकको यो योजना साउन मसान्तसम्म मात्रै लागू हुनेछ। त्यसका साथै एनएमबि बैंकले असार महिनाभर ग्राहकलाई निःशुल्क डेबिट कार्डसमेत जारी गर्ने भएको छ।
यो सेवा एनएमबिका नयाँ वा विद्यमान ग्राहकले उपभोग गर्न पाउनेछन्। एनएमबि बैंकले २०१ शाखा, १३८ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत देशभर सेवा प्रदान गर्दै आएको छ।
                            प्रकाशित: १८ असार  २०८० १३:०० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 