एनआईएमबी एस क्यापिटल र गोल्छा ग्रूपबीच सम्झौता

हिमाल प्रेस १४ साउन २०८० १७:३४ | Sunday, July 30, 2023
एनआईएमबी एस क्यापिटल र गोल्छा ग्रूपबीच सम्झौता

काठमाडौँ– एनआईएमबी एस क्यापिटल र गोल्छा ग्रूपबीच सम्झौता गरिएको छ।
गोल्छा ग्रूपअन्तर्गत सञ्चालित कम्पनीहरू हिम इलेक्ट्रोनिक्स् र हंसराज हुलासचन्द एन्ड को प्रालिबिच एनआईबीएल म्युचुअल फण्डअन्र्तगत सञ्चालित एनआईबीएल सहभागिता फण्डमा ‘कर्पोरेट पे रोल एसआईपी’ लगानी गर्ने उद्देश्यले सम्झौता गरिएको हो।
सम्झौताअन्तर्गत हिम इलेक्ट्रोनिक्स् प्रालि तथा हंसराज हुलासचन्द एन्ड को प्रालीका कर्मचारीहरूले आफ्नो इच्छाअनुसार मासिक रूपमा आफ्नो तलबको केही अंश एनआईबीएल सहभागीता फण्डको ‘व्यवस्थित लगानी योजना’ (एसआईपी) मार्फत लगानी गर्न सक्नेछन्।

उक्त सम्झौतामा हंसराज हुलासचन्द एन्ड कोका सहायक महाप्रबन्धक एचआर नीता राणा, तथा हिम इलेक्ट्रोनिक्स् प्रालिका उपप्रबन्धक नीलम केसी र एनआईबीएल एस क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।

प्रकाशित: १४ साउन २०८० १७:३४ | Sunday, July 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast