काठमाडौँ- बारा २ मा जनमत पार्टीबाट उपनिर्वाचन लडेका शिवकुमार कुशवाहालाई पार्टीले कारबाही गरेको छ।
पार्टीको नीति नियमविरुद्ध गतिविधि गरेको भन्दै कुशवाहालाई कारबाही गरेको जनमतले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। पूर्वमाओवादी नेता कुशवाहा गत वैशाख १० मा उपनिर्वाचन लड्नकै लागि जनमत प्रवेश गरेका थिए।
जनता समाजवादी पार्टी(जसपा)का उपेन्द्र यादवसँग उनी चुनावमा पराजित बने। उनलाई अहिले पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जनमत स्रोतको दाबी छ।
उनीसँगै गुलाब मण्डल, शंकर खड्का, भोपेन्द्र यादव, भगवान् दास यादव पनि कारवाही गरेको छ।

प्रकाशित: ४ साउन २०८० ९:१४ | Thursday, July 20, 2023
प्रतिक्रिया




