ईसीडी शिक्षक र विद्यालय कर्मचारीका मागका सम्बन्धमा अर्थमन्त्री सकारात्मक

हिमाल प्रेस १५ साउन २०८० ८:१३ | Monday, July 31, 2023
ईसीडी शिक्षक र विद्यालय कर्मचारीका मागका सम्बन्धमा अर्थमन्त्री सकारात्मक अर्थमन्त्री डा. प्रकाशशरण महतसँग आइतबार सिंहदरबारमा नेपाल शिक्षक महासंघको टोली। तस्बिर : लक्ष्मीकिशोर सुवेदी

काठमाडौँ– नेपाल शिक्षक महासंघले बाल विकास (ईसीडी) का शिक्षक र विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गरी सेवासुविधा बढाउन अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराएको छ। अर्थमन्त्री डा. महतसँग महासंघका पदाधिकारीले आइतबार गरेको भेटवार्तामा यस्तो माग गरेको हो।

महासंघको टोलीले आफूहरूका माग र विगतमा भएको सहमतिका आधारमा संघीय शिक्षा ऐन छिटो ल्याइनुपर्ने, शैक्षिक सवाल र पेसागत हकहितका विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन्। भेटमा सहभागी महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘महासंघले आफूहरूका माग र विगतमा भएको सहमतिका आधारमा संघीय शिक्षा ऐन छिटो ल्याइनुपर्ने, बाल विकासका शिक्षक र विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गरी सेवासुविधा बढाउनुपर्ने लगायतका मागबारे स्मरण गराएको छ।’

मन्त्री डा. महतले बाल विकासका शिक्षक र विद्यालय कर्मचारीका समस्या समाधानका विषयमा मन्त्रालयका तर्फबाट सक्दो सकारात्मक पहल गर्ने विश्वास दिलाएको सुवेदीले बताए। यस्तै उनले सरकार संघीय शिक्षा ऐन ल्याउन प्रतिबद्ध रहेको बताएका थिए। भेटमा महासंघका घटक संस्थाका अध्यक्ष र पदाधिकारीको पनि सहभागिता थियो।

संघीय शिक्षा ऐन मंगलबारको मन्त्रिपरिषद्‌बाट पारित हुँदैछ : प्रधानमन्त्री प्रचण्ड

राहत, ईसीडी शिक्षक र कर्मचारीको एउटै आवाज : तत्काल संघीय शिक्षा ऐन नल्याए कडा आन्दोलनमा उत्रन्छौँ

महाधिवेशन रोकेर आन्दोलनको तयारीमा राहत शिक्षक [परिपत्र सहित]

प्रकाशित: १५ साउन २०८० ८:१३ | Monday, July 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast