आजबाट प्रधानमन्त्री औपचारिक कार्यक्रममा सहभागी हुँदै, यस्ता छन् कार्यक्रम

हिमाल प्रेस ३ साउन २०८० ९:१५ | Wednesday, July 19, 2023
आजबाट प्रधानमन्त्री औपचारिक कार्यक्रममा सहभागी हुँदै, यस्ता छन् कार्यक्रम

काठमाडौँ- पत्नी सीता दाहालको निधनपछि शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजदेखि औपचारिक कार्यक्रममा सहभागी हुँदैछन्।

म‌ंगलबार (हिजो) दाहालको श्रद्धाञ्जली समारोह गरेका प्रचण्ड आजबाट औपचारिक समारोहमा सहभागी हुन लागेका हुन्। उनले आज (बुधबार) बिहानै मन्त्रिपरिषद् बैठक बोलाएका छन्। अहिले बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ।

यसपछि अखिल क्रान्तिकारीको संयोजनमा कीर्तिपुरमा आयोजना गरिएको बृहत वृक्षारोपण कार्यक्रममा सहभागी हुनेछन्।

त्यसपछि बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्न उनी आजै गोरखा जाने कार्यक्रम रहेको छ। प्रधानमन्त्री दाहाल बिहान ११ बजे गोरखा जाने सचिवालयले जनाएको छ।

बुढीगण्डकी आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापना इकाइ रहेको गोरखाको सिउरेनीटारमा आयोजनाको फिल्ड कार्यालय प्रधानमन्त्रीले उद्घाटन गर्ने आयोजनाका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठले जानकारी दिए।

प्रकाशित: ३ साउन २०८० ९:१५ | Wednesday, July 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast